‘संस्कृति बचाऔं महाभियान’का अभियन्ताहरुले ओलीलाई भेटे ।


नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सभ्यता, ईतिहाश र संस्कृति जोगाउन जरूरी रहेको बताएका छन् । ओलीले सभ्यताको सृष्टि नै आफ्नो भूमिबाट भएको कुरा गर्दै यसलाई जोगाएर अघि बढ्दा मात्रै ईतिहाशमाथि न्याय हुने बताएका हुन् । परिवर्तन नेपालबाट सञ्चालित ‘नेपाली संस्कृति बचाऔं राष्ट्र्रिय महाअभियान’ का अभियन्तासँग बुधबार आफ्नै निवाशमा भएको भेटमा ओलीले सभ्यता र संस्कृतिको संरक्षण र बिकाशमा लाग्नेहरूलाई सधैं आफ्नो साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

भेटमा चलचित्रकर्मी तथा महाअभियानका संयोजक मोहन निरौलाले पूर्व प्रधानमन्त्री ओलीलाई महाअभियानको तर्फबाट ध्यानाकर्षण पत्र बुझाएका थिए । सोही अबसरमा नेपालको संस्कृति झल्कने प्रतिकात्मक छायाचित्र पनि पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाअभियानका अभियन्ताले हस्तान्तरण गरेका थिए । ध्यानाकर्षण पत्रमा नेपालमा बढ्दै गइरहेको सबै धर्म सम्प्रदायको धर्मान्तरणले नेपालको संस्कृति विस्थापित हुने खतरा बढेको र देशको पहिचान नै मासिने अबस्थामा पुगेकोले यसतर्फ सबै नागरिक र जिम्बेवार पक्षले ध्यान दिनुपर्ने कुरा बिशेष रूपमा औंल्याइएको छ ।

यसैगरी ध्यानाकर्षण पत्रमा बिदेशी चलचित्रको निर्वाध प्रदर्शनबाट एकातिर नेपाली चलचित्र बिस्थापित हुने खतरा बढेको र बिदेशी चलचित्रको कारणबाट नेपाली भाषा, कला र संस्कृतिमा गम्भीर असर परिरहेको कुरा पनि उल्लेख गरिएको छ । ‘नेपाली संस्कृति बचाऔं महाअभियान’ का अभियन्ता मोहन निरौला, सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोज भेटवाल र विश्बदीप घिमिरे लगायतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका थिए ।