परदेशीको कथा-व्यथा लिएर आए गायक संगम


गायक संगम लिम्बूको ‘रुँदै छु परदेशमा’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ l यस म्युजिक भिडिओमा रोजगारीको निम्ति बिदेशिन बाध्य युवाहरुको कथालाई अत्यन्तै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ l बिदेशमा रहँदा आफ्नो गाउँघर र परिवारको यादले कति सताउँछ र परिवारको आवश्यकता कति महसुस हुन्छ भन्ने कुरा भिडिओमा देखाउन खोजिएको छ l

गीतसँगै बिदेशमा बस्ने नेपालीहरुसँग पनि भावनात्मक सम्बन्ध जोड्न गायक संगम सफल भएका छन् l संगमका अनुसार आफूले पूर्व समयमा गाएका चर्चित गीतहरु जस्तै यो पनि उत्कृस्ट गीत लाग्ने गरेकोले गीतको भावना अनुसार म्युजिक भिडिओ पनि उत्कृस्ट बनाउन निर्देशक र कोरियोग्राफरसँग विशेष छलफल गरिएको थियो l

शेर्पा संस्कृतिमा आधारित बहुचर्चित चलचित्र ‘कुसुम’ का निर्देशक सागर सुब्बाद्वारा निर्देशित यस म्युजिक भिडिओमा इशिका लिम्बू, बिशाल सेनेहाङ, संगम लिम्बू, गोपिमाया थुलुङ लिम्बू र दिनेश माङमुको मुख्य भूमिका रहेको छ l संगम सुब्बाको प्रस्तुतिमा निर्माण भएको यस भिडिओमा मुकेश हुमागाईको छायाङ्कन, सुरज लामाको ड्रोन सञ्चालन, अनिल रानाको सम्पादन र दिनेश माङमुको कोरियोग्राफी रहेको छ भने मेकअप कविता टोलीङ एवं निर्माण नियन्त्रक राजेश मगर रहेका छन् l

गायक संगम लिम्बूले यो मार्मिक गीत बिदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिडीबहिनीहरुमा समर्पित रहेको कुरा बताएका छन् l आगामी दिनमा पनि गायनलाई  निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले सबैको साथ र सहयोगको अपेक्षा गरेका पनि छन् l