जसु याक्खाको निर्देशनमा ‘जय हो सरकार’ सार्वजनिक


सारा खुशी र समिर खानको फिचरिङमा रहेको ‘जय हो सरकार’ गीतको भिडिओ सार्वजनिक भएको छ । गीतमा गायक तथा र्यापर शेखर बगडियाको स्वर रहेको छ । यस  गीतमा युवा अवस्थामा रहेका युवा युवती विचको रोमान्सलाई समेटिएको छ ।

गीतमा शेखर बगडियाको शब्द तथा सोहन मानन्धरको सङ्गीत रहेको छ भने ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाङ्कन, अमृत चापागाईँको सम्पादन र श्रृजन बरालको कोरियोग्राफीमा भिडिओ तयार गरिएको हो । भिडिओ जसु याक्खाले निर्देशन गरेका हुन् ।