प्रेमसमर्पण भावमा तरङ्गित भईन् गीतकार तारा

-तुलसी गिरी ‘भावुक’


लोकप्रिय गीतकार तारा अधिकारीद्वारा रचित आधुनिक गीत ‘आँखै आँखाको’ को भिडिओ रिलिज भएको छ l नव ढुङ्गेलको निर्देशन, अमृत सुनुवारको सिनेम्याटोग्राफी र निशान घिमिरेको सम्पादन रहेको सो भिडिओ गीतकार अधिकारीकै अफिसियल युट्युब च्यानल ‘सुनौलो तारा मोशन पिक्चर्स’ बाट डिजिटल बजारमा आएको हो l

गीतमा रमेश कडरियाको सङ्गीत, कडरिया इन्टरटेनमेन्टको मिक्सिङ र मेलिना राईको स्वर रहेको छ l भिडिओमा बेनिशा हमाल र कुशलको अभिनय रहेको छ l प्रेमसमर्पण भावको यस गीतमा आफ्नो प्रेमीले गरेको विश्वाश र माया अनि भरोसा गरेर दिएको जीवनभरको साथप्रति असीमित खुशी प्रकट गरिएको छ l कसैको चोखो माया र विश्वाशिलो साथले उमङ्गित भएका भावनाका तरङ्गहरु गीतकारले शब्दमार्फत पोखेकी छिन् l भिडिओमा बेनिशा र कुशल मार्फत गीतकारको यही प्रेमिल भावनालाई उजागर पार्ने प्रयास गरिएको छ l