मान्छेका चरित्र उदाङ्गो पार्दै शिशिर योगी

-तुलसी गिरी ‘भावुक’


प्रसिद्ध गायक / सङ्गीतकार शिशिर योगीको सङ्गीत / स्वरमा रहेको यथार्थपरक भावको गीत यो कस्तो जमाना को भिडिओ बजारमा आएको छ l भिडिओ गायक / सङ्गीतकार योगीकै अफिसियल युट्युब च्यानल शिशिर योगी बाट एकसाता अघि डिजिटल बजारमा रिलिज गरिएको हो l

पुरुषोत्तम अधिकारीको शब्दरचनामा रहेको यस गीतमा बी. बी. अनुरागीको सङ्गीत संयोजन रहेको छ भने श्यामश्वेत रसाईलीले मिक्सिङ गरेका हुन् l भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो l जसमा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, सिनेम्याटोग्राफी र सम्पादन रहेको छ l

गीतमा यो कस्तो जमाना आयो भन्दै मान्छे कति लोभी, पापी, स्वार्थी, अविश्वाशी, हिंस्रक र धुर्त भईरहेको छ भन्ने कुराको फेहरिस्त नै व्यक्त गरिएको छ l