डा. उपाध्यायका पृथकशैलीमा ८ सिर्जना सार्वजनिक


विश्व किर्तीमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । गिनीज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका विभिन्न ५९ विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गरेका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक लाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैहुनुन्छ ।

यसपटक उहाँले सार्वजनिक गरेको गीति कवितामा संगीतका विभिन्न तालहरू (क्लासिकल बीट) सम्बन्धी गीति कविता, ट्राफिक चिन्ह समेटिएको गीति कविता, विश्वका प्रमुख राजधानी शहर समेटिएको गीति कविता र जनावरहरूको नाम समेटिएको गीति कविता रहेका छन् भने प्रत्येक एकबारमा आधा आधा कड समेटिएको गीत, आफ्ना गीत भलिबलमा, मुमेन्टोमा आफ्ना १०९ गीत र अंग्रेजी नयाँ वर्षको क्यालनेडरमा आफ्ना १०९ प्रकाशित गरी सार्वजनिक गर्नुभएको छ ।

सो अवसरमा गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, सन्तोष श्रेष्ठ, मिलाप फाउण्डेसन अध्यक्ष तथा चलचित्र पत्रका संघ पूर्व उपाध्यक्ष गीता अधिकारीलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उहाँहरूले डा. उपाध्याका कार्यले नेपाललाई विश्वमा चिनाउने कार्य गरेको बताउनुभयो । यस्तै उपस्थित सञ्चारकर्मीहरूले डा. उपाध्यायका विभिन्न विश्व रेकर्डका बारेमा जिज्ञासा राखेका थिए ।

यी गीति कविता र चार पृथकशैलीमा सिर्जना लाई पनि उहाँले केही दिनमै विश्व रेकर्डमा समावेश गर्ने तयारीमा हुनुहुन्छ । गीत-सङ्गीत तथा साहित्य सृजनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने उहाँ पहिलो नेपाली सर्जक हुनुहुन्छ । डा. उपाध्यायले आगामि वैशाखमा १०० वटा विश्व रेकर्ड पुर्‍याउने लक्ष्य लिएर काम गरिरहेको बताउनुभयो ।

कीर्तिमानी डा. उपाध्यायका २४ एल्वमका सयौं गीत स्रोता/दर्शकमाझ छन् । यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफि लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।