मिठाराम र गीतादेवीको दशैं-तिहार गीत ‘परदेशीको बिलौना’

-तुलसी गिरी ‘भावुक’


नेपाली लोक तथा लोकदोहोरी क्षेत्रका अग्रज गायक मिठाराम के.सी. खत्री र लोकप्रिय गायिका गीतादेवीको स्वरमा रहेको दशैँ-तिहार विशेष गीत परदेशीको बिलौना को भिडिओ सार्वजनिक भएको छ l गायक के. सी. कै शब्दरचना र सङ्गीतमा रहेको यस गीतका सङ्गीत संयोजक शिला बहादुर मोक्तान हुन् l भिडिओ दुईदिन अघि Phulchowki Kala Karmi Pvt. Ltd. नामक युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो l

आम नेपालीको घर घरको यथार्थ कथा बोकेको यस गीतमा आफ्नो परिवार छाडेर परदेशिन बाध्य भएको युवक र परदेश गएको आफ्नो पति कहिले घर फर्केला भनेर कल्कलाउँदो उमेरमा बाटो कुरिरहेकी पत्नीको स्वाभाविक पीडालाई मर्मस्पर्शी ढङ्गले उतारिएको छ l विशेषगरी चाडबाड नजिकिंदै गर्दा आफूबाट टाढा रहेका मान्छेको यादले अझ बढी सताउने कुरा गीतले व्यक्त गरेको छ l

कृष्णभक्त महर्जनको निर्देशन, महेश महराको सिनेम्याटोग्राफी र वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन रहेको यस भिडिओमा रमेश सोडारी र ऋचा थापाले मुख्य कलाकारको रुपमा अभिनय गरेका छन् l भिडियो वर्ल्डकभर मिडियाले तयार पारेको हो l