गीतमा बुढेशकालको पीडा

-तुलसी गिरी ‘भावुक’


प्रसिद्ध सङ्गीतकार / गायक शिशिर योगीको स्वरमा रहेको गीत मनको व्यथा को लिरिकल भिडिओ सार्वजनिक भएको छ l कृष्णप्रसाद पराजुलीले रचना गरेको यो गीतको सङ्गीत समेत गायक योगीकै हो भने सङ्गीत संयोजन नोर्बु छिरिङ शेर्पाले गरेका हुन् l सङ्गम डिजिटल नामक स्टुडिओमा रेकर्ड भएको यस गीतको रेकर्डिङ तथा मिक्सिङ मित्र लामाले गरेका हुन् l

गीतमा वृद्ध अवस्था लक्षित भावहरु छन् l एकान्तिक अवस्था र उकुशमुकुश भएका मनभित्रका कथा-व्यथाहरु छन् l पीडा असह्य छ, तर सुनिदिने कोही छैन l बुढेशकालमा जो कोहीका लागि पनि सम्भावित अवस्थालाई गहिराईबाट वयान गरिएको यो गीत निक्कै मार्मिक लाग्छ l वर्ल्डकभर मिडियाले तयार पारेको यो भिडिओ लोकेश भाटले सम्पादन गरेका हुन् l