गीतकार ‘अमर’ को ‘प्रभु भजन’ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’


गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को शब्दरचनामा रहेको भजन दिन बित्यो प्रभु वर्ष बित्यो को भिडिओ सार्वजनिक भएको छ । सूर्य राई दनुवारको स्वरमा रहेको यस भजनमा गायक स्वयमकै सङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेको छ । गीतको मिक्सिङ / माष्टरिङ बिसन मानन्धरले गरेका हुन् l

भिडिओमा प्रमोद चौधरी, वीरेन्द्र साह, मुकेश कुमार साह, राकेश यादव, बिनिता माझी, सन्ध्या माझी, सुनिता माझी आदि कलाकारले अभिनय गरेका छन् । रोशन राना मगरको निर्देशनमा निर्मित यस भिडिओको सम्पादन विश्वास भण्डारीले गरेका हुन् l जसमा बिशालराज राईको सिनेम्याटोग्राफी रहेको छ l रौतहटको धार्मिक एवं पर्यटकीय क्षेत्रमा सुटिङ गरिएको यो भिडिओ ई दनुवार कलाकार तथा सांस्कृतिक समाजको प्रस्तुतिमा अमर म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ l