परदेशीको पीडा लिएर आए गीतकार/सङ्गीतकार अधिकारी


सिन्धुलीका लोकप्रिय सर्जक एवम् गायक श्याम अधिकारीको पछिल्लो गीतको भिडिओ सार्वजनिक भएको छ । मान्छे बाध्यता र विवशताको कारण परदेसिन्छ र कतिपय अवस्थामा छुट्टी नपाएको कारण दशैँ तिहार मान्न गाउँघर आउन पाउँदैन l गीतकार अधिकारीले यस्तै पीडालाई समेटेर लेखेको दशैँसँग सम्बन्धित गीत टिका थालीमा को भिडिओ बजारमा ल्याएका छन् ।

गीतमा लय/शब्द श्याम अधिकारीको रहेको छ भने स्वर श्याम अधिकारी र स्मृति गौतमले दिएका छन् । गीतको भिडिओमा सुरवीर पण्डित, भुवन चौलागाईं, रेश्मा के.सी र सुशीला कार्कीले आकर्षक अभिनय गरेका छन् । भिडिओको निर्देशन सानु के.सी. ले गरेका हुन् भने छायाङ्कन मुकेश हुमागाईं र सम्पादन बिनोद बमले गरेका छन् ।

यथार्थपरक भाव भएको यस गीतको भिडिओ सुनाखरी मल्टिमिडिया नामको युट्युब च्यानलबाट सारर्वजनिक गरिएको छ । अधिकारीका यसअघि ए ठूली, छुट्यौं रुँदै रुँदै रातो कलरको स्कुटर, आउँदिन दशैंमा, कर पठायौ नेताज्यू लगायतका  करिब एक दर्जन गीतहरु बजारमा आइसकेका छन् ।