राष्ट्रिय भावको गीत लिएर आए सङ्गीतकार/गायक सन्तोष


गीतकार डा. नवि अधिकारी ‘टाकिन्द्र’ को शब्दरचना र सन्तोष श्रेष्ठको स्वरमा रहेको गीत ‘खोजिरहेछ देशले एक युग नायक’ को भिडिओ सार्वजनिक भएको छ । गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन र गायक सन्तोष श्रेष्ठकै सङ्गीत रहेको छ । गत मङ्गलबार काठमाडौंको बिजुलीबजारस्थित कार्निभल रेष्टुरेन्टमा आयोजित औपचारिक कार्यक्रममा सो भिडिओ सार्वजनिक भएको हो l

‘रिपोटर्स क्लब नेपाल’ का सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले भिडिओ सार्वजनिक गरेका हुन् । युवराज दाहालको अभिनय रहेको सो भिडिओ हेमप्रभास अधिकारीको निर्देशन, राजकुमार केसीको सिनेम्याटोग्राफी र टेकेन्द्र शाहको सम्पादनमा तयार भएको हो । भिडियो ‘गोल्डेन क्रिएसन’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।