बाबाको महिमा उजागर पार्दै शिशिर योगी

-तुलसी गिरी ‘भावुक’


प्रसिद्ध गायक शिशिर योगीले पुन:अर्को यथार्थपरक, गहन, गम्भीर र मननीय भाव बोकेको गीत बा को भिडिओ सार्वजनिक गरेका छन् l गीतमा आमाको तुलनामा परिवार र सन्ततिप्रति बा को भूमिकाको त्यति कदर र चर्चा नहुने गरेको यथार्थ उजागर पारिएको छ l गीतले बा – आमा दुबैको भूमिका र त्याग आ-आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ l गम्भीर भावको यस गीतको भिडिओ पनि हृदयविदारक ढङ्गले निर्माण गरिएको छ l जसमा गीतका सङ्गीतकार / गायक शिशिर योगीले नै बाछोरा को डबल भूमिकामा अभिनय गरेका छन् l भिडिओ शिशिर योगीकै अफिसियल युट्युब च्यानल Shishir Yogi मा अपलोड भएको छ l

कवि अर्जुन पराजुलीको शब्दरचनाको यो गीतको सङ्गीत संयोजन बी. बी. अनुरागीले गरेका हुन् भने मिक्सिङ श्यामश्वेत रसाईलीको रहेको छ l गीतको भिडिओ सञ्जय पाण्डेको निर्देशनमा निर्माण भएको हो l जसमा सिनेम्याटोग्राफी / सम्पादन राजेन्द्र पाण्डेको रहेको छ l भिडिओ वान वर्ल्ड प्रोडक्शनले निर्माण गरेको हो l