सन्देशमूलक भिडिओ लिएर आए गायक / सङ्गीतकार राजेश


गायक तथा रचनाकार राजेशमान के.सी.को जिन्दगीको यात्रा बोल रहेको गीतको भिडिओ जय प्राप्ति म्यूजिक प्रा०लि० को यूट्युव च्यानल मार्फत् हालै सार्वजनिक गरिएको छ । गायक के.सी.स्वयमको शव्द तथा सङ्गीतमा रेकर्ड गरिएको उक्त गीतको भिडिओ जय प्राप्ति म्यूजिक प्रा०लि० ले नै निर्माण गरेको हो भने निर्देशन जयराज भट्टले गरेका छन् ।

भिडिओमा गायक के.सी. लगायत रोजी कुँवर, परमेश्वर दाहाल, गोपाल अर्याल, श्रीकृष्ण श्रेष्ठ, कमला श्रेष्ठ आदि कलाकारहरुले अभिनय गरेका छन् l भिडिओ सन्देशमूलक रहेको छ l यसले जीवन यात्राको क्रममा आइपर्ने अनेकन् उतार चढावहरुलाई सहज रुपमा ग्रहण गर्नुपर्ने र कसैको पनि निन्दा चर्चामा नलागी आफ्नो समयको पूर्ण सदुपयोग गर्दै सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने सन्देश प्रवाह गर्न खोजेको छ ।

यस किसिमको सन्देशमूलक म्यूजिक भिडिओ बजारमा ल्याउनुको उद्देश्यबारे स्पष्ट पार्दै गायक के.सी.ले समाजको सकारात्मक रुपान्तरणमा गीत सङ्गीतको पनि अत्यन्त महत्वपूर्ण भूमिका रहने हुनाले आफूले यस्तो गीत सङ्गीतलाई प्राथमिकता दिने गरेको र भविष्यमा पनि यस्तै किसिमको गीत, सङ्गीत उत्पादन र साहित्य लेखनमा लागिरहने बताउनुभएको छ ।