‘अलि अलि लजाउँदै’ गायिका ऋतु


तीज नजिकिँदै गर्दा गायक गायिकाहरुले तीजका गीत निकाल्ने क्रम तीब्र रहेको छ । यही बीचमा हरेक बर्ष तीजको गीत निकाल्दै आएकी बौद्धिक गायिका ऋतु कँडेलले यसपटक पनि फरक किमिसको तीजगीत निकालेकी छिन् । उनले भर्खरै अलि अलि लजाउँदै बोलको तीज गीतको भिडिओ बजारमा ल्याएकी छिन् ।

गायिका ऋतु कँडेललाई नेपाली गीत सङ्गीत क्षेत्रमा सभ्य अनि बौद्धिक गायिकाको रुपमा चिन्ने गरिन्छ । हाल माष्टर्स गर्दै गरेकी र पढाई सँगसँगै सङ्गीतलाई पनि निरन्तरता दिईरहेकी ऋतुले भविष्यमा गीत सङ्गीतमै पिएचडी गर्ने लक्ष्य समेत लिएकी छिन् l अलि अलि लजाउँदै तीजगीतको भिडिओ उनले आफ्नै युट्युब च्यानल
RITU KANDEL मार्फत सार्वजनिक गरेकी छिन् । यस गीतमा ऋतु आफैंले स्वर दिएकी छिन् भने सङ्गीत पनि उनकै रहेको छ ।

गोविन्द मधुर आचार्यको म्युजिक एरेन्ज र खड्ग बजुरालीको मिक्सिङ रहेको यो गीतको भिडिओ प्रकाश धमलाले सम्पादन गरेका हुन् । सुरेश श्रेष्ठद्वारा छायाङ्कन गरिएको यो भिडिओको निर्देशन र कोरियोग्राफी स्मृति तिमल्सिनाको रहेको छ । भिडिओमा रुविना अधिकारी र ऋतु स्वयंले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् ।