रामकुमार राई र सन्तोष दुमीको ‘सेवाखन्ने’ सार्वजनिक


सेवाखन्ने (  नमस्कार ) बोलको गीतको भिडिओ सार्वजनिक भएको छ l रामकुमार राईको लेखन तथा प्रस्तुतिमा रहेको यस गीतमा सन्तोष दुमीको सङ्गीत रहेको छ भने आभा मुकारुङ राई, प्रेमकला राई, तेज राई तथा स्वयं सङ्गीतकार सन्तोषले समेत स्वर दिएका छन् l भिडिओ ५ दिन अघि SANTOSH DUMEE OFFICIAL CHANNEL बाट बजारमा आएको हो l  

 किराँत राई जातिमा प्रचलित लोकभाका साकेला शैलीमा रहेको यो गीत केही समय अघि स्टुडियो किङमा रेकर्ड गरिएको थियो l सुरेस राई र  मनोज साङ्सोन रेकर्डिष्ट रहेको यस गीतलाई राजु कार्कीले मास्टरिङ गरेका हुन् l गीतमा आदेश गुर्मछान मगरको सङ्गीत संयोजन रहेको छ l भिडिओ जस्केलो क्रियसनले बनाएको हो ।