सुमन दाहालको निर्देशनमा अमेरिकाबाट रिलिज भयो ‘हेर्दा हेर्दै’


केही बर्षदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहाल त्यहाँ पनि निर्देशनमा सक्रिय छन् । यसै क्रममा दाहालले आफ्नो निर्देशनमा नयाँ गीत हेर्दा हेर्दै को भिडिओ अमेरिकामै छायाङ्कन गरेर शनिबार सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् ।

यो गीतलाई सुदन डोटेलले लेखेका हुन् । सरोज प्याकुरेलले सङ्गीत गरेको यो गीतमा कृष्ण काफ्ले र रिता केसीको स्वर रहेको छ । गीतलाई भोला पौडेलले रेकर्डिङ गरेका हुन् । जसमा मनोहर सुनामको सङ्गीत संयोजन रहेको छ । यो गीतको भिडिओमा भुवन लोहनी र रंजिता ढकालको अभिनय रहेको छ ।

मोडल भुवनको जन्मदिनको अवसर पारेर शनिबार यो गीतको भिडिओ सार्वजनिक गरिएको हो । गीतको भिडिओलाई विकाश घले गुरुङले कोरियोग्राफी गरेका हुन् । जसमा पवन गौतमको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन, अक्की शर्माको ड्रोन, रेनिश फागोको कलरिङ रहेको छ । यो नृत्यप्रधान गीतमा भुवन र रंजिताको जोडीको अभिनय आकर्षक छ । निर्देशन सुमन दाहालले गीतको भाव अनुसारको भिडिओ तयार गरेका छन् ।