अञ्जना, रेखा र सुनिताको तीजगीत ‘छम्म छम्म’

-तुलसी गिरी ‘भावुक’


कवयित्री तथा गीतकार अञ्जना पौडेल ‘अनुश्रुति’ द्वारा रचित तीजगीत छम्म छम्म को भिडिओ सार्वजनिक भएको छ l भिडिओ Sunita Adhikari युट्युब च्यानलबाट एकदिन अघि बजारमा आएको हो l गीतमा रेखा पौडेलको सङ्गीत, कमल सौरागको सङ्गीत संयोजन र सुनिता अधिकारीको स्वर रहेको छ l मारुनी स्टुडियोमा रेकर्डिङ भएको यो गीतमा कुमार रानाले मिक्सिङ्/माष्टरिङ् गरेका छन् l

छम्म छम्म को भिडिओ उदिराम खड्काको निर्देशनमा छायाङ्कन भएको हो l मिराज अर्यालको सिनेम्याटोग्राफी र विवेक खड्काको सम्पादन रहेको यस भिडिओमा सुनिता अधिकारी, सम्प्रिया खड्का लगायतका कलाकारहरुले नृत्य/अभिनय गरेका छन् l