ज्योति र रितिकाको तीज विशेष गीत ‘मितिनी’ सार्वजनिक


चर्चित गायिकाहरु ज्योति मगर र रितिका कुँवरको तीज विशेष गीत मितिनी को भिडिओ बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । गायिका रितिका कुँवरको अध्यक्षता र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा बिशेष अतिथीको रुपमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनी, अतिथीहरु प्रतिष्ठानका उपाध्यक्ष दिपक खड्का, सचिव कृष्ण रेउले, सङ्गीत रोयल्टी सङ्कलन समाजका सदस्य सुमन बैरागी लगायत रहेका थिए । कार्यक्रममा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा गायिका ज्योति मगरले स्वागत मन्तब्य राखेकी थिईन् । कार्यक्रमको सञ्चालन दिलिप पौडेलले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ती’ रहेका थिए ।

कार्यक्रममा वक्ताहरुले मितीनी गीतलाई सफलताको शुभकामना दिदै मौलिक तीज गीत भएको भन्दै आगामी दिनमा पनि यस्तै गीतहरु निर्माण गर्न र छाडा गीतहरु नगर्न ज्योति मगरलाई सुझाव दिएका थिए । मितीनी गीतमा ज्योति मगर र रितिका कुँवरको स्वर रहेको छ । शरद पाण्डेको शब्द, सङ्गीत रहेको छ भने योगेश काजीले सङ्गीत संयोजन गरेका हुन् । चर्चित नृत्य निर्देशक एबं मोडल शंकर बिसीको निर्देशन रहेको गीतको भिडिओमा दुर्गा पौडेलको छायाङ्कन, नवीन घर्ती मगरको सम्पादन रहेको छ । यस भिडिओलाई रिजान नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको भिडिओमा ज्योति मगर र रितिका कुँवरको अभिनय रहेको छ ।