प्रेम समर्पण भावमा गायक शिशिर योगी

-तुलसी गिरी ‘भावुक’


माधुर्यताका पर्याय गायक शिशिर योगीले प्रेम समर्पण भावको गीत मेरी प्राण पियारी को भिडिओ सार्वजनिक गरेका छन् l गायक योगीले आफ्नै आधिकारिक युट्युब च्यानल Shishir Yogi बाट केहीदिन अघि भिडिओ डिजिटल बजारमा ल्याएका हुन् l राजुबाबु श्रेष्ठको शब्दरचना र चेतन चूडालको सङ्गीत रहेको यस गीतमा फणिन्द्र राईको सङ्गीत संयोजन रहेको छ l

भिडिओ सञ्जय पाण्डेको निर्देशनमा तयार भएको हो l जसमा रविन आचार्यको सिनेम्याटोग्राफी र राजेन्द्र पाण्डेको सम्पादन रहेको छ l भिडिओमा सुर्जनी र दिनेशले अभिनय गरेका छन् l