एनआरएनए अस्ट्रेलियाको तास्मानिया राज्यमा सन्देश समूह बलियो


एनआरएनए अस्ट्रेलियाको ३१ जुलाईमा निर्वाचन सम्पन्न हुँदैछ । उक्त निर्वाचनका लागि केही समूह प्रतिस्पर्धामा भिड्दैछन् । जसमा तास्मानिया राज्यमा सन्देश परियार समूहको प्यानल आउने चर्चा चलेको छ । सन्देशले आफ्नो समूह सहित केही अगाडि उमेद्वारी दर्ता गराएका थिए । उनले दर्ता गराएको उमेद्वारीमा संयोजकमा उनी आफै अर्थात सन्देश परियार रहेका छन् भने एनआरएनए एनसिसि सदस्यमा प्रेमप्रसाद धामी (प्रमेज) र कविन कर्माचार्य सदस्य रहेका छन् ।

त्यस्तै उपसंयोजक राज्य टेकनाथ सापकोटा, सचिव प्रदीप पोखरेल, संयुक्तसचिव मुगेन्द्र गौतम, कोषाध्यक्ष उमेस सेन्चुरी, युवा संयोजक रिवाज राउत क्षेत्री, सदस्य सहारा पोखरेल, अर्जुन श्रेष्ठ, प्रमोद भण्डारी, सुमन पराजुली, महेश्वरी नेपाल र सदस्य सुभाष खतिवडा लगायत रहेका छन् । अस्ट्रेलियामा रहेका सबैलाई अपनत्व गराउने उद्देश्य बोकेर सामुहिक भावनाका साथ अगाडि बढेको यो समूहको एनआरएनए सबैको साझा संस्थाका रुपमा राम्रो बनाउने अभियान समेत रहेको थाहा भएको छ ।

‘हाम्रो एनआरएनए, राम्रो एनआरएनए समूहमा रहेर हामी सबैले सम्पूर्ण अष्ट्रेलियन नेपाली समुदायलाई एक बलियो मालामा जोड्ने प्रयास गरेका छौं । पहिलोपटक उदाहरणको रुपमा हाम्रो एनआरएनए, राम्रो एनआरएनए समूहले सबै नेपालीहरूलाई जोड्ने सङ्कल्पका साथ हामी हजुरहरूको माझमा आएका छौं’ एनसिसि सदस्यका उमेद्वार प्रेमप्रसाद धामीले भने ।

नेपाली समुदायलाई अझ सक्षम र सबल बनाउन सबैको एकता र सक्रियताको खाँचो रहेको संयोजक उमेद्वार सन्देश परियाले बताए । संयोजक सन्देश समूहले ६ बुँदे कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसमा एनआएनए समूहलाई ताम्सानियमा दर्ता गर्ने, स्थानीय लाइब्रेरीमा नेपाली पुस्तक राख्ने र स्थानीय स्कुलमा नेपाली पठनपाठनको ब्यवस्था गर्ने, सामुदायिक भवन तथा नेपाली डिजाइन अनुसारको मन्दिर निर्माण गर्ने, युवा बर्गका लागि स्वास्थ्य तथा खेलकुदका कार्यक्रम, नेपाली कलासंस्कृति प्रवर्धन तथा सम्बर्धनका लागि फेष्टिभल लगायतका कार्यक्रम लगायत रहेका छन् ।

SUBSCRIBE 👉