शिशिर योगीको स्वरमा भक्ति गीतको भिडिओ सार्वजनिक


प्रसिद्ध गायक शिशिर योगीको स्वरमा रहेको भक्ति गीत भाव हो भगवान को लिरिकल भिडिओ सार्वजनिक भएको छ l भिडिओ गायक योगीकै आधिकारिक युट्युब च्यानल शिशिर योगी बाट आज विश्वव्यापी रुपमा डिजिटल बजारमा आएको हो l

डा. चिन्तामणि योगीको शब्दरचना र पासाङ लामाको सङ्गीत रहेको यस गीतमा किरण कँडेलको सङ्गीत संयोजन रहेको छ भने गीतको मिक्सिङ शम्भु तण्डुकारले गरेका हुन् l यो गीत पूर्व समयमा प्रकाशित पञ्चामृत भजन सङ्ग्रह बाट लिईएको हो भने गीतमा त्रिदेवको महिमा सुन्न सकिन्छ l वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सन रहेको यो भिडिओ कुशल भिडिओ सम्पादक वीरेन्द्र भाट ‘विपिन’ ले तयार पारेका हुन् l