नेट टिभीबाट रिलिज भयो चलचित्र ‘द आर्टिष्ट’


चलचित्र द आर्टिष्ट नेट टिभीमा आएको छ । टिकाध्वज थापा (रमेश)ले निमार्ण तथा जीवन शाहीले निर्देशन गरेको चलचित्र द आर्टिष्ट शुक्रबारदेखि नेट टिभीमा आएको हो ।

यस चलचित्रको केही समय अघि आइटम गीत मै उत्ताउली र ट्रेलर सार्वजनिक भएको थियो । चलचित्रको ट्रेलर र गीत साईराम पिक्चर्सबाट सार्वजनिक गरिएको छ ।

यस चलचित्रमा सुनिल गुरुङ, अपसना थापा, अस्मिता बस्नेत, नरेश कुमार, तिर्सना बुढाथोकी, श्रीजना थापा, खुस्बु पौडेल, केदार बस्नेत, रमेश थापा, राजु भट्ट, सन्तोष दाहाल, निर्मल विष्ट, उषा खनाल, धिरेन्द्र श्रेष्ठल गायतका कलाकारको अभिनय रहेको छ ।

हरि न्यौपानेको छायाङ्कन रहेको यस चलचित्रमा वीरेन्द्र भाट ‘विपिन’को सम्पादन र अर्जुन पोख्रेलको कलर संयोजन रहेको छ । चलचित्रमा एक्सन, माया प्रेम र कलाकार बन्ने सपना बोकेर चलचित्र क्षेत्रमा आउनेहरूको सङ्घर्षको कथा प्रस्तुत गरिएको थाहा भएको छ ।