सङ्घले कठिन अवस्थामा रहेका कलाकारहरुलाई सहयोग गर्ने

-प्रकाश बराईली ‘अभिव्यक्ति’


म्युजिक भिडिओ कलाकार सङ्घले आज एक बिज्ञप्ती जारी गर्दै कठिन अवस्थामा रहेका कलाकारहरुलाई संस्थाबाट सक्दो सहयोग गर्ने कुरा सार्वजनिक गरेको छ ।

कला र कलाकारहरुका शुभचिन्तकहरुले सहयोगको हात फैलाएको कारणले अप्ठ्यारो परिस्थितिमा परेका कलाकारहरुले सिधै म्युजिक भिडिओ कलाकार सङ्घका पदाधिकारीहरुलाई सम्पर्क गरी राहत लिन सक्ने कुरा सङ्घका अध्यक्ष शंकर बिसीले जानकारी गराएका छन् ।राहतका लागि सचिव सुनिल लामिछाने (९८४९४४६३३८) र कोषाध्यक्ष देवेन्द्र क्षत्रीलाई (९८४१९८००२०) सिधै सम्पर्क गर्न अध्यक्ष बिसीले आग्रह गरेका छन् ।