मदनकृष्णको स्वरमा ‘नेपा: जिगु प्राण ख’


आफू जन्मेको देशको माया कसलाई हुन्न र ? विश्वमा अनेकौं देशहरू छन् । आ-आफ्नो देश सबैलाई प्यारो हुन्छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा ‘मतिनाया खँ’ गीति एल्बमभित्र सङ्ग्रहित नेपाल भाषाको उत्कृष्ट गीतहरू मध्येको एउटा नेपाल भाषामा रहेको देशभक्ति गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । सार्वजनिक नेपाल भाषाको गीत रामकृष्ण जुजुको प्रस्तुतिमा रहेको छ ।

गीतमा देशको माया पोखिएको छ l देशलाई प्राणभन्दा प्यारो भनिएको छ l  नेपाल आमाको सन्तान भएर मुटुभित्र नेपाल राखेर बाँच्न पाउँ अनि देशको निमित्त प्राण पनि दिन सक्छु भन्ने भाव गीतमा रहेको छ l गीतले नेपाली भै जीउनु सारा नेपालीको सान हो भन्ने सन्देश दिएको छ । चर्चित सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत अनि बुद्ध सायमीको म्युजिक एरेन्जरमा यो गीत अडियो नेपालमा रेकर्डिङ भएको थियो ।

भिडिओमा गायक मदनकृष्ण श्रेष्ठ, रामकृष्ण जुजु र अन्य कलाकारहरू हसना महर्जन, रुक्सना महर्जन, रितिना महर्जन, इशु महर्जन आदिको अभिनय रहेको छ । कुमारी नृत्यमा मैयाँ महर्जनको र लाखे नृत्य सुजन बज्राचार्यको उत्कृष्ट अभिनय रहेको छ । गीतको भिडिओ इडिटिङ र छायाङ्कन अमर चित्रकारले गरेका छन् भने सुरेन्द्र तुलाधरबाट भिडिओ निर्देशन गरिएको छ ।