आफ्नै सङ्गीत र स्वरमा मनोज थापा


प्रसिद्ध गीतकार डीपी खनालको शब्दरचना तथा मनोज थापा मगरको सङ्गीत, सङ्गीत संयोजन र स्वरमा रहेको गीत पसिना आए मायालाई को भिडिओ रिलिज भएको छ l भिडिओ गायक तथा सङ्गीतकार मनोजकै अफिसियल युट्युब च्यानल Manoj Thapa Magar बाट एकदिन अघि मात्र सार्वजनिक भएको हो l राजेश श्रेष्ठले रेकर्ड गरेको यस गीतमा किशोर थापाको मिक्सिङ्/माष्टरिङ् रहेको छ l

रोमाण्टिक भावको यस गीतको भिडिओमा कल्पना लिम्बू र मनोज स्वयंले अभिनय गरेका छन् l