आमाको अतुलनीय महिमा अब गीतमा

-तुलसी गिरी ‘भावुक’


मातातीर्थ औंशीको छेक पारेर प्रसिद्ध गायक शिशिर योगीले आमा शीर्षकको गीतको भिडिओ सार्वजनिक गरेका छन् l कवि अर्जुन पराजुलीको शब्दरचना, बीबी अनुरागीको सङ्गीत तथा सङ्गीत संयोजन र श्यामश्वेत रसाईलीको मिक्सिङ्/माष्टरिङ् रहेको यस गीतको भिडिओमा सरोज खनाल, रश्मी भट्ट र सुस्मिता कार्कीको अभिनय रहेको छ l भिडिओ सञ्जय पाण्डेको निर्देशनमा निर्माण भएको हो l जसमा चक्र महर्जनको सिनेम्याटोग्राफी र दिनेशजंग रानाको सम्पादन रहेको छ l भिडिओ एकदिन अघि मात्र गायक योगीको अफिसियल युट्युब च्यानल Shishir Yogi बाट रिलिज भएको छ l

यसैगरी लोकप्रिय गायक नरहरि प्रेमीले पनि आफ्नै सब्द, सङ्गीत र स्वरमा रहेको गीत आमा को फोटो भिडिओ रिलिज गरेका छन् l प्रवीण पोखरेलको शब्दरचनामा रहेको यस गीतका सङ्गीत संयोजक लक्षु प्रकाश मल्ल हुन् l श्रुति सङ्गीत विद्यालयको प्रस्तुतिमा आएको यो भिडिओ एकदिन अघि गायक प्रेमीकै अफिसियल युट्युब च्यानल Narahari Premee मा अपलोड भएको छ l

लोकप्रिय कवि तथा गीतकार महेश आचार्यले पनि मातातीर्थ औंशीको एकदिन अघि आमा शीर्षकको गीतको लिरिकल भिडिओ डिजिटल प्लेटफर्म युट्युबमार्फत बजारमा ल्याएका छन् l सागर गौतमको सङ्गीत र किरण कँडेलको सङ्गीत संयोजन रहेको यस गीतमा मिलन नेवारले स्वर दिएकी छिन् l गीतमा शम्भु कुमार तण्डुकारको रेकर्डिङ्, मिक्सिङ् र माष्टरिङ् रहेको छ भने लिरिकल भिडिओ सम्पादक अर्जुन थापाले तयार पारेका हुन् l भिडिओ एकदिन अघि मात्र गीतकार आचार्यको अफिसियल युट्युब च्यानल Mahesh Acharya बाट रिलिज गरिएको हो l सबै गीतमा आमाको अतुलनीय महिमा वयान गरिएको छ l