सबैभन्दा बढी ‘आमा’ शब्द प्रयोग भएको गीतको भिडिओ सार्वजनिक


विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी आमा शब्द समावेश भएको गीतको भिडिओ सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवसको) को छेको पारेर गीतको लिरिकल भिडिओ सर्वाजनिक गरिएको हो ।

यो गीतमा १ सय ५ पटक आमा शब्द प्रयोग गरिएको छ र वर्ल्ड रेकर्डमा दर्ज भएको छ । कृष्ण कार्कीको स्वर रहेको यस गीतमा सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।

नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित उहाँले गीत सङ्गीतका विविध ५२ विधामा विश्व रेकर्ड राख्नुभएको छ ।