शेर बहादुरलाई परिचित युवतीले वास्ता गरिनन्


गीतकार प्रकाश सुवेदीको शब्द सृजना, गायक तथा सङ्गीतकार सिडी विजय अधिकारीको सङ्गीत, महाराज थापाको सङ्गीत संयोजन र गायक शिव कुमार चौधरीको स्वरमा रहेको दोबाटोमा देखेर नि नबोलाउने साथी तिमी गीतको भिडिओमा मध्य पश्चिमका शेर बहादुर डिसी कलाकारका रुपमा देखिएका छन् ।

लामो समयदेखि काठमाडौंको अनामनगरमा प्रोडक्सन हाउस चलाउँदै विभिन्न श्रव्य/ दृष्य सामग्री बनाउँदै र निर्देशन गर्दै आएका शेर बहादुरले यो भन्दा अगाडि पनि कालीगण्डकीको सेरोफेरो, नमस्ते काठमाण्डु, को आफ्नो को पराई, बैगुनी माया, प्रहरी अनुरोध, समर्पण राष्ट्रका लागि जस्ता दर्जनौं टेलिसिरियल, दर्जनौं जनचेतनामूलक सामग्री लगायत ५० भन्दा बढि म्यूजिक भिडिओमा अभिनय गर्दै आएका छन् । स्वयं शेर बहादुरले नै निर्देशन गरेको यस भिडिओमा छायाङ्कन तथा सम्पादन सुशील डाँगीले र कलर करेक्सन सौखिन तिमल्सिनाले गरेका छन् भने डिम्पल मञ्जिताले अभिनयमा साथ दिएकी छिन् ।