प्रेम समर्पण भावमा हुकुम र सुनिताको ‘ज्यान जाला’

-प्रकाश सुवेदी


गुल्मी एफ.एम.मा कार्यरत सञ्चारकर्मी हुकुम थापा र सुनिता बुढा क्षेत्रीको स्वरमा सुनको बाला फूलैको माला, कसम तिम्लाई छोड्दिन ज्यान जाला बोलको लोकदोहोरी शैलीको गीति भिडिओ सार्वजनिक भएको छ । नेत्र नारायण अर्यालको शब्द/सङ्गीतमा सजिएको यस गीतमा महेन्द्र भण्डारीको सङ्गीत संयोजन र खड्ग बाजुरालीको ध्वनि सम्पादन रहेको छ ।

प्रेमी-प्रेमिकाको एक अर्काप्रतिको समर्पण भाव प्रस्तुत गरिएको यस गीतको भिडिओको निर्देशन स्मृति तिमिल्सिनाले, छायाङ्कन सुरेश श्रेष्ठले र सम्पादन प्रकाश धमलाले गरेका छन् । लोमश शर्मा, आयुष्मा कार्की र अर्जुन कुँवरको अभिनय रहेको यो भिडिओ nayapaila.com युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।