गायिका ईश्वरीको ‘नरिसाऊ न होई’ पछि ‘खानदानी छोरी’


ईश्वरी बरालको स्वरमा रहेको नयाँ गीत खानदानी छोरी को भिडिओ सार्वजनिक भएको छ । गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्‍याप रहेको छ । भट्टको नै सङ्गीत रहेको यस गीतको शब्द टुरिष्ट जङ्ग विकले लेखेका हुन् । जसमा मोहित मुनालको म्युजिक एरेन्ज रहेको छ । 

प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतका रेकर्डिष्ट कमल थापा र किरण बिक हुन् भने मिक्सिङ/माष्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् । चोभारमा छायाङ्कन गरिएको यस गीतको भिडिओमा टिकटकमा निकै लोकप्रिय रहेका  जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ । म्युजिक भिडिओमा  र्‍यापर भट्टको समेत अभिनय देख्न सकिन्छ । इक्षिता र  बिक्षिताको यो डेब्यु म्युजिक भिडिओ हो । 

भिडिओ राजिव समरको कोरियोग्राफी र सान थापाको निर्देशनमा तयार भएको हो । जसमा अर्जुन तिवारीको सिनेम्याटोग्राफी रहेको छ l सञ्चारकर्ममा क्रियाशील गायिका बरालको यसअघि सार्वजनिक भएको नरिसाऊ न होइ गीत चर्चामा रहेको छ ।