सुपरहिट गीतहरु युट्युब जुकबक्समा

-तुलसी गिरी ‘भावुक’


पशुपति म्युजिकले आफ्ना कम्पनीबाट प्रकाशित सर्वाधिक लोकप्रिय १० गीतको अडियो जुकबक्स भाग-४ युट्युबबाट सार्वजनिक गरेको छ l कम्पनीले यसअघि जुकबक्स भाग-३ सम्म प्रकाशित गरिसकेको थियो भने यो चौथो जुकबक्स हो l

एकदिन अघि प्रकाशित जुकबक्समा मलाई मनपर्ने गीत, भाग्य मिलेन, जहाँ छोड्यौ, मनको घाउ निको पार्ने, बैगुनीलाई माया गरी, तिमी कसको हुनेहोला, तिम्रो मेरो बाटो, बदलियौ तिमी, तिमीलाई माया गर्ने र म त तिम्रो मान्छे गरी १० गीत रहेका छन् l जसमा राजकुमार बगर, शिवराज पौडेल, एसएस गणेश, निरा पिजी, विवेक बुढाथोकी, दिवान किनार र सुजित थापाका शब्द तथा राजकुमार बगर, दिवान किनार र श्रीकृष्ण बम मल्लका सङ्गीत रहेका छन् l गीतमा अस्मिता अधिकारी, किरण भुजेल, प्रताप दास, स्वरुपराज आचार्य, अञ्जु पन्त, प्रमोद खरेल र नरेन्द्र प्यासीले स्वर दिएका छन् l