विश्वकै सबैभन्दा छोटो गीत अब भिडिओमा पनि


विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विश्वकै छोटो गीत नढाँटी भन तिमी को भिडिओ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीतमा रहेको यस गीतको लिरिकल भिडिओ सार्वजनिक गरिएको हो । गीतमा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।
नढाँटी भन तिमी
माया गर्छु भनी
सँगै जुनी कटाउँला
तिम्रै साथमा रमाउँला
धड्किनु धड्कन बनी
छातीमै निदाउँनु तिमी ।

१८ शब्दको यो गीतले विश्वकै सबैभन्दा छोटो आधुनिक गीतमा वर्ल्ड रेकर्ड बनाएको छ । नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गरेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित उनले गीत सङ्गीतका ५१ विधामा विश्व रेकर्ड राखेका छन् ।