महिलाको पक्षमा चेतनाको आवाज ‘पल पल चोट’

तुलसी गिरी ‘भावुक’


मनोज गुरुङको शब्दरचना र राजकुमार बगरको सङ्गीतमा रहेको लोकप्रिय गीत पल पल चोट को फिमेल भर्सन पनि आएको छ l सुदिप सागरको सङ्गीत संयोजन तथा राजकुमार बगरको मिक्सिङ/माष्टरिङ रहेको वियोगान्त भावको यो गीतको फिमेल भर्सनमा मिलन नेवारले स्वर दिएकी छिन् भने केहीवर्ष अघि रिलिज भएको मेल भर्सनमा युवराज चौंलागाईको स्वर रहेको थियो l जुन भिडिओले युट्युबमा १७ लाख बढी भ्युज पाईसकेको छ l

फिमेल भर्सनमा रेकर्ड गरिएको यस गीतको भिडिओ जनक सिंहको निर्देशन, दीपक गिरीको सिनेम्याटोग्राफी र टेकेन्द्र शाहको सम्पादनमा तयार भएको हो l भिडिओमा सनम कठायत र दिपा जीसीलाई प्रमुख कलाकारको रुपमा देख्न सकिन्छ भने सपोर्टिङ कलाकारको रुपमा लक्ष्मी दुलाल, इन्दिरा ओली शिवाकोटी आदि कलाकारले अभिनय गरेका छन् l मेल भर्सनको भिडिओमा पनि प्रमुख मोडलको रुपमा सनम कठायतलाई नै देख्न सकिन्छ l भिडिओ एभरेष्ट ग्यालरी युट्युब च्यानलमा अपलोड गरिएको छ l

भिडिओमा पुरुषमा नपुंसकता भएपनि यथार्थ नबुझी परिवार र समाजले बच्चा नहुनुको दोष महिलालाई मात्र कसरी लगाउँछ ? र एउटी निर्दोष महिला कसरी रुढीवादी सोच र विभेदको शिकार हुन्छिन् ? भन्ने नेपाली समाजको क्रुर र अमानवीय अनुहार उदाङ्गो पारेको छ l सन्देशमूलक भाव भएको यो गीत तथा भिडिओले महिलाको पक्षमा चेतनाको आवाज बुलन्द गरेको छ l