सुदिप भण्डारीको स्वरमा ‘सोचिहेर न’


लामो समयदेखि सङ्गीत क्षेत्रमा आबद्ध रहँदै आएका गायक सुदिप भण्डारीको स्वरमा रहेको नयाँ गीत सोचिहेर न को भिडिओ हालै सार्वजनिक भएको छ । जसमा डि.पी. खनालको शब्दरचना, शंकर थापा ‘स्माईल’ को सङ्गीत तथा सन्देश रुचालको सङ्गीत संयोजन रहेको छ । बाध्यता र सामाजिक जिम्मेवारीभित्रको प्रेमकथा समेटिएको यस भिडिओमा प्रतिभावन कलाकार बिकाश लामिछाने र सिर्जना जिसीको उत्कृष्ट अभिनय रहेको छ ।

अनिल कुमार मानन्धरको छायाङ्कन तथा दिन्सन साहको सम्पादन रहेको यो भिडिओ सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका हुन् । डश म्युजिक प्रा. लि. ले प्रस्तुत गरेको यस भिडियोका निर्माता उपेन्द्र श्रेष्ठ हुन् । गीतको भिडिओ डश म्युजिक नेपाल को अफिसियल यूट्युब च्यानल मार्फत हेर्न सकिने छ ।