आफ्नी प्रेमिकाले अर्कैलाई रोजेपछिको पीडा


लोकप्रिय गीतकार सुरेन्द्र महर्जन ‘अमर’ ले वियोगान्त भावको गीत सोचें बाँच्ने आधार हौ को लिरिकल भिडिओ सार्वजनिक गरेका छन् l पुष्कर सुनुवारको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यो गीतमा वर्तमान समयका अत्यन्तै लोकप्रिय गायक प्रवीण बेडवालको स्वर रहेको छ l लिरिकल भिडिओ विवेक कार्कीको सम्पादनमा तयार भएको हो l

भिडिओ केहीदिन अघि मात्र गीतकार ‘अमर’ को आधिकारिक युट्युब च्यानल Amar Song’s बाट सार्वजनिक गरिएको छ l गीतमा आफ्नो जिन्दगीको बाँच्ने आधार ठानिएकी प्रेमिकाले नै धोका दिएर अर्कैलाई रोजेपछि मनमा चलेका आँधी र असीमित पीडाको वयान गरिएको छ l