कुशल र बिमाको स्वरमा ‘बन्धन’

प्रकाश बराईली ‘अभिव्यक्ति’


पछिल्लो समयका चर्चित गायक कुशल बेल्बासे र बिमा सारु मगरको स्वरमा रहेको नयाँ गीत बन्धन को भिडिओ सार्वजनिक भएको छ । गीतमा प्रयास कुँवर मगरको शब्द, सङ्गीत रहेको छ ।

राज कुमार मगरको निर्देशन तथा सम्पादन रहेको यो भिडिओ दुर्गा पौडेलले छायाङ्कन गरेका हुन् । भिडिओमा जुना गुरुङ, प्रयास कुँवर मगर, नीर आले, हेमा मगर, राजेश बिसी, किरण मगर, बिनिता पुन, कञ्चन मगर आदि कलाकारले अभिनय गरेका छन् । भिडिओ डोलराज बारघरे मगरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।