सातौं ‘राष्ट्रिय लोकदोहोरी अवार्ड-२०७८’ को फारम खुल्यो

प्रकाश बराईली ‘अभिव्यक्ति’


अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन भन्ने मूल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति काठमाडौंको आयोजनामा हुन गईरहेको सातौं राष्ट्रिय लोकदोहोरी अवार्ड-२०७८ को फारम खुल्ला भएको छ । अवार्ड कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा आगामी जेठ २९ गते भब्य रुपमा सम्पन्न हुने भएको छ ।

विगतका वर्षहरुमा झैं यसवर्ष पनि अवार्ड कार्यक्रमलाई निरन्तरता दिन लागिएको र कोभिड १९ को कारणले गर्दा ढिला भएको कुरा जानकारी गराउँदै अवार्ड कार्यक्रमलाई सबैले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिन आयोजक कमिटीका अध्यक्ष सुजन लम्सालले अनुरोध गरेका छन् ।

सातौं राष्ट्रिय लोकदोहोरी अवार्ड-२०७७ को फारम २०७८ वैशाख २० सम्मका लागि खुल्ला गरिएको थाहा भएको छ । सो अवार्डमा २०७६ र २०७७ सालभरिमा प्रकाशित गीत र तीनका विधामा अवार्डका लागि  फारम भर्न पाईने कुरा आयोजक पक्षले बताएको छ । यस अवार्डमा कूल  ३३ विधामा अवार्ड बितरण गर्न लागिएको जानकारी प्राप्त भएको छ ।