बेलायतवासी गीतकार दीप गिरीको ‘मन खाने माया’


बेलायतवासी गीतकार दीप गिरीको शब्दरचनामा रहेको गीत मन खाने माया को भिडिओ सार्वजनिक भएको छ । गीतको भिडिओ शुक्रबार DushMusic Nepal युट्युव च्यानल मार्फत रिलिज गरिएको हो । शंकर थापा ‘स्माइल’ को सङ्गीत र विश्व अधिकारीको सङ्गीत संयोजन रहेको यस गीतमा किरण भुजेल र अस्मिता अधिकारीले स्वर दिएका छन् ।

यस भिडिओकी निर्मात्री सविता गिरी हुन् l भिडिओ रोनीको कोरियोग्राफी र गणेश शाहको निर्देशनमा तयार भएको हो l जसमा डिमोन क्षत्री, रोनी, सिर्जना जिसी र स्मृति श्रेष्ठको अभिनय रहेको छ l लामो समयदेखि बेलायतमा बस्दै आएका गीतकार गिरीले लेखेका आधा दर्जन गीतका भिडिओहरु यसअघि नै रिलिज भइसकेका छन् ।

वि सं. २०४९ सालमा सङ्गीतकार राजु सिंहसँगै प्रतिबिम्व ब्याण्डमा जोडिएपछि उनले औपचारिक रुपमा आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका थिए । अहिलेसम्म उनको रचनामा कर्णदास, साधना सरगम, जोन, धनुषा सिंह, योजना पुरी, राज खम्बु लगायतका गायक गायिकाले आवाज दिइसकेका छन् ।

हरि लम्सालको सङ्गीत र बेलायतबासी गायक सुजन पराजुली र गायिका दिब्यानी शर्माको स्वरमा गिरीकै रचनाको अर्को नयाँ गीत पनि रेकर्ड भइसकेको कुरा थाहा भएको छ ।