डीआर उपाध्यायको सामाजिक विभेद विरुद्धको गीत ‘हेला नगर’

-तुलसी गिरी ‘भावुक’


विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले सामाजिक विभेद विरुद्धको गीत हेला नगर को लिरिकल भिडिओ सार्वजनिक गरेका छन् l भिडिओ गीतकार उपाध्यायको आधिकारिक युट्युब च्यानल DR Music & Creations बाट २ घण्टा अघि मात्र रिलिज भएको हो l सन्तोष श्रेष्ठको सङ्गीत र अग्रज गायिका ज्ञानु राणाको स्वर रहेको यस गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको छ l

सङ्गीतका भिन्न भिन्न ३२ विधामा वर्ल्ड रेकर्ड राख्न सफल डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । यसअघि प्रकाशित उनका २३ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीत लगायत बिभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै उनका मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु समेत रहेका छन् ।