गायक किरण भुजेलले आफ्नै कथामा अभिनय गरे

-तुलसी गिरी ‘भावुक’


प्रसिद्ध गीतकार तथा सङ्गीतकार राजकुमार बगरको शब्दरचना र सङ्गीतमा रहेको गीत मलाई मनपर्ने गीत को भिडिओ रिलिज भएको छ l प्रेम समर्पण भावमा रहेको यस गीतको भिडिओ पशुपति म्युजिक प्रा.लि. को आधिकारिक युट्युब च्यानल Pashupati Music बाट केही घण्टा अघिमात्र विश्वव्यापी रुपमा डिजिटल बजारमा सार्वजनिक भएको हो l अनामनगरस्थित त्रिवेणी डिजिटलमा रेकर्ड भएको यस युगल गीतमा किरण भुजेल र अस्मिता अधिकारीको स्वर र कमल सौरागको सङ्गीत संयोजन रहेको छ भने राजकुमार बगरले मिक्सिङ गरेका छन् l

भिडिओ युवराज वाईबाको निर्देशनमा तयार भएको हो l जसमा किरण भुजेल र उषा उप्रेतीले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l  दीपक गिरीको सिनेम्याटोग्राफी र अमृत चापागाईको सम्पादन रहेको यो भिडिओ जनता फिल्म्स्को पोष्ट प्रोडक्शनमा निर्माण भएको हो l

भिडियोमा प्रेमकथासँगै एउटा प्रतिभाशाली गायकको सङ्घर्ष र सफलताको कथालाई छोटकरीमा प्रस्तुत गरिएको छ l जसलाई यथार्थपरक बनाउनका लागि लोकप्रिय गायक किरण स्वयंलाई कथाको पात्र बनाईएको छ l शब्द, सङ्गीत, गायकी र भिडिओ समेतको मीठो सम्मिलनले समग्रमा गीत हृदयस्पर्शी र जीवन्त बनेको छ l