एक्कासी बज्रपात परेपछि मनलाई सम्हाल्न खोज्दै शंकर

तुलसी गिरी ‘भावुक’


DushMusic Nepal युट्युब च्यानलबाट भर्सटाईल सर्जक / कलाकार शंकर थापा ‘स्माइल’ को स्वर तथा सङ्गीतमा रहेको गीत हे मन को भिडिओ सार्वजनिक भएको छ l राखी गौचनको शब्दरचना र विश्व अधिकारीको सङ्गीत संयोजन रहेको यो गीतको लकडाउनको बेला लगभग एकबर्ष अघि लिरिकल भिडिओ सार्वजनिक भएको थियो l 

 ओपल रेकर्डिङ स्टुडियोमा विप्लव अधिकारीले रेकर्ड गरेको यो गीतमा अशोक महर्जनको मिक्सिङ / माष्टरिङ रहेको छ l गीतमा सन्तोष भक्तले ईसराज, वीपी सिंहले तबला, विश्व अधिकारीले गीतार र नगेन्द्र राईले बाँसुरी बजाएका छन् l

भिडिओ मुनाल शिशिर कोईरालाको निर्देशनमा तयार भएको हो l जसमा सुधिर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहालले अभिनय गरेका छन् भने शिलन लम्सालको सम्पादन रहेको छ l भिडिओमा प्रसूति अवस्थामा बच्चा सकुशल रहेपनि पत्नी गुमाएको एक पुरुषको विक्षिप्त अवस्थालाई मार्मिक ढङ्गमा प्रस्तुत गरिएको छ l गीतमा पत्नीलाई गुमाएको पीडा सहन सक्ने क्षमता र सम्हालिन सक्ने साहस जगाईदिन आफ्नै मनलाई पुकार गरिएको छ l मन कतै नबहकियोस् भन्ने कामना गरिएको छ l भिडिओमा एउटा छुट्टै त्रिकोणात्मक प्रेमकथा पनि देखाईएको छ l गीतका भावलाई सङ्गीतकार / गायक शंकर थापा ‘स्माइल’ ले जीवन्त बनाएका छन् l