सारिकाको रचनामा ‘ह्याप्पी होली’ को भिडिओ सार्वजनिक


रङ्गको पर्व होली नजिकिँदै जाँदा यस सम्बन्धी गीत तथा भिडिओहरु पनि सार्वजनिक भइरहेका छन् । यही मेसोमा योगेश काजी, सुवास श्रेष्ठ र सारिका घिमिरेको स्वरमा रहेको होली गीत ह्याप्पी होली को भिडिओ YTH Studio युट्युब च्यानलबाट सार्वजनिक भएको छ । सारिकाले नै लेखेको शब्दमा योगेशको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतको भिडिओ हालै डिजिटल बजारमा आएको हो ।

शिव विकको कोरियोग्राफी र निर्देशन रहेको यस गीतको भिडिओमा गायकद्वय योगेश र सुवासको साथमा दुर्गेश थापा र लोसिना लामिछाने फिचर्ड छन् । भिडिओ छायाङ्कन अजय रेग्मीको रहेको छ भने सम्पादन मिलन विश्वकर्मा र पदम सुवेदीको छ । काजी र निर्देशक विकको टिमअप पछिल्लो समय बढ्दो छ ।