चौथो ‘ओएस नेपाल म्यूजिक अवार्ड २०७८’ को फारम खुल्यो


चौथो ओएस नेपाल म्यूजिक अवार्ड २०७८ को आवेदन फारम खुला गरिएको छ l नेपाली गीत, सङ्गीत हाम्रो उच्च सम्मान भन्ने मूल नारा सहित आयोजना गरिएको यस अर्वाडमा ६० बिधा रहने कुरा थाहा भएको छ । जसमा सहभागिता जनाउन देश विदेशबाट सजिलै फारम भर्न सकिनेछ । अवार्ड प्रतिस्पर्धाका लागि २०७६ भदौ २५ देखि २०७८ वैशाख २० गतेभित्र बजारमा आएका गीत-सङ्गीतसँग सम्बन्धित सर्जक-कलाकार र प्राविधिकहरुले आवेदन दिन सक्ने कुरा आयोजकले जानकारी गराएका छन् l   

अवार्ड र फारम सम्बन्धी थप जानकारीका लागि ९८४९२८११८८ नम्बर वा ओएस नेपालको कार्यालयमा सम्पर्क गर्न सकिनेछ । फारम भर्नु अघि उल्लेखित शर्तहरुलाई भने मुख्य रूपमा पालना गर्नुपर्नेछ । अवार्डमा निर्णायक र जुरीको निर्णय नै अन्तिम  हुनेछ ।