आफूलाई भाग्यमानी ठान्दै सङ्गीतकार/गायक शिशिर योगी

तुलसी गिरी ‘भावुक’


प्रधानमन्त्री केपी शर्मा ओलीको शब्दरचना र शिशिर योगीको स्वरमा रहेको गीत म त भाग्यमानी को भिडिओ सार्वजनिक भएको छ । भिडिओ ४ दिन अघि गीतका सङ्गीतकार तथा गायक शिशिर योगीको आफ्नै अफिसियल युट्युब च्यानल Shishir Yogi बाट विश्वव्यापी रुपमा डिजिटल बजारमा आएको हो l बीबी अनुरागीको सङ्गीत संयोजन र श्यामश्वेत रसाइलीको रेकर्डिङ/मिक्सिङ रहेको यो गीत बबरमहलस्थित प्रिज्म स्टुडियोमा रेकर्ड भएको हो l

म त भाग्यमानी को भिडियो वीरेन्द्र भाट ‘विपिन’ को निर्देशनमा छायाङ्कन भएको हो l जसमा महेश महराको सिनेम्याटोग्राफी र लोकेश भाटको सम्पादन रहेको छ l भिडिओ वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो l

राष्ट्र, राष्ट्रियता र नेपाली जनताप्रति समर्पित यस गीतमा गीतकारले नेपालमा जन्म भएकोमा आफूलाई भाग्यमानी ठानेका छन् l इमान्दारिताकासाथ निश्वार्थ भावले देश र जनताको सेवाको सङ्कल्प बोकेर समृद्ध नेपाल र सुखी नेपाली को सपना साकार पार्न लागिपरेको कुरा गीतमा व्यक्त भएका छन् l