‘आबन बैठ…’ पछि ‘कत्त सऽ एल्ही गोरी’ लिएर आए रुद्रसेन


नेपाली, मैथिली भोजपुरी लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाईसकेका गायक रूद्रसेन विश्वकर्माको आबन बैठ भट्भटिया पऽ बोलको रोमान्टिक गीत पछि फेरि अर्को मैथिली युगल गीत कत्त सऽ एल्ही गोरी को भिडिओ सार्वजनिक भएको छ । गीतमा रुद्रसेन विश्वकर्मा र सोनी कुमारीको युगल स्वर रहेको छ ।

रूद्रसेन क्रियसन प्रा.लि. को प्रस्तुतिमा निर्मात्री नीर कुमारी विश्वकर्मा (सविना) को निर्माण रहेको यस मैथिली गीतको भिडिओमा नायिका अनु शाह लाई देख्न सकिन्छ । प्रदीप कुमार रसाइलीको निर्देशन रहेको यस गीतको भिडिओमा नायिका अनु शाहको साथमा नवमोडल दीपक झा रहेका छन् l कुन्दन गुप्ताको शब्द, रहेको यस गीतको म्युजिक एरेञ्ज पारसमणिले गरेका हुन् ।

दीपक गिरीको छायाङ्कन रहेको यस भिडियोमा अमृत चापागाईंको सम्पादन रहेको छ । जनकपुरधामको सेरोफेरोमा छायाङ्कन गरिएको यो भिडिओ एकदमै उत्कृष्ट बनेको छ l  भिडियो गायक रूद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।