‘पिरतीको खेला’ खेल्दै सुदूरका कलाकार पुष्पा र रवि

तुलसी गिरी ‘भावुक’


सुदूरपश्चिमका गौरवशाली कलाकार पुष्पा बोहरा र रवि ओडको स्वरमा रहेको गीत पिरतीको खेला को भिडिओ सार्वजनिक भएको छ l गीत र भिडिओ दुबैमा सुदूरकै सर्जक / कलाकारहरुको बाहुल्यता रहेको पिरतीको खेला लाल साउद र जितेन्द्र महतले संयुक्त रुपमा रचना गरेका हुन् भने सङ्गीत पनि लाल साउद र सुरेश शाहीको संयुक्त सिर्जनामा रहेको छ l जसको सङ्गीत संयोजन सुरेश शाहीले गरेका हुन् l मारुनी डिजिटल स्टुडियोमा रेकर्ड भएको यो गीतमा कुमार रानाको मिक्सिङ / माष्टरिङ रहेको छ l

पिरतीको खेला को भिडिओ विक्रम चौहानको कोरियोग्राफी र निर्देशनमा निर्माण भएको हो l जसमा वीरेन्द्र भट्टको सिनेम्याटोग्राफी र लक्ष्मण चौहानको सम्पादन रहेको छ l भिडिओमा चक्र बम र रोजी कुँवरले प्रमुख कलाकारको रुपमा नृत्य-अभिनय गरेका छन् l सुदूरपश्चिमकै लवजमा रहेको यो गीतको भिडियो ३ दिन अघि मात्र S3K Entertainment युट्युब च्यानलबाट बजारमा आएको हो l