सातैजुनी सँगै काट्ने वाचा गर्दै विमल र पूर्णकला

तुलसी गिरी ‘भावुक’


लोकप्रिय सर्जक/कलाकार विमल डाँगीले दुखान्त भावको गीत सातै जुनी सँगै काटौंला को भिडिओ सार्वजनिक गरेका छन् l विन्ध्यवासिनी म्युजिक युट्युब च्यानलबाट ३ दिन अघि मात्र सो भिडिओ डिजिटल बजारमा विश्वव्यापी रुपमा रिलिज भएको हो l कमल सरगमको शब्दरचना, कमल सौरागको सङ्गीत संयोजन तथा विमल डाँगीको सङ्गीत रहेको यस गीतमा विमल डाँगी र पूर्णकला बीसीले स्वर दिएका छन् l यो गीत सातै जुनी शीर्षकको एल्बममा समावेश रहेको छ l

काजिश श्रेष्ठको निर्देशनमा छायाङ्कन भएको यो भिडिओमा हरिश महराको सिनेम्याटोग्राफी र विनोद बमको सम्पादन रहेको छ भने विनोद खड्का, अनिता खड्का, राधा खड्का, प्रतिमा घतानी आदि कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन् l

अचानक जटिल प्रकृतिको रोग लागेर पत्नी विक्षिप्त अवस्थामा पुगेको एउटा परिवारको दुखद् कथा प्रस्तुत गरिएको यस भिडिओमा पति-पत्नी बीचको प्रेम र समर्पण भाव देखाईएको छ l गीतले भन्छ- ‘जीवनमा जे जस्ता कठिनाईहरु आएपनि यो जुनी मात्र हैन सातै जुनी सँगै काटौंला l’