प्रवीन र रचनाको जोडी:जुन गायो त्यही हिट

तुलसी गिरी ‘भावुक’


केहीबर्ष अघिदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका लोकप्रिय सर्जक/कलाकार लक्ष्मण पौडेलले आफ्नो सिर्जनाको पुरानो गीत तिमी जून हौ भने लाई नयाँ स्वादमा दर्शक/श्रोतामाझ ल्याएका छन् l पछिल्लो समयका अत्यन्तै लोकप्रिय जोडी प्रवीन बेडवाल र रचना रिमालको स्वर रहेको यस गीतको भिडिओ सर्जक पौडेलकै युट्युब च्यानल Barahi Music & Entertainment Inc बाट केहीदिन अघि मात्र रिलिज भएको हो l

लक्ष्मण पौडेल र विकाश विक्की रानाको संयुक्त शब्दरचनामा रहेको यो गीतमा लक्ष्मणकै सङ्गीत रहेको छ भने विवेक खड्काले सङ्गीत संयोजन र मनोज खड्काले मिक्सिङ गरेका छन् l भिडिओ उदिराम खड्काको निर्देशनमा छायाङ्कन भएको हो l जसमा मिराज अर्यालको सिनेम्याटोग्राफी र विवेक खड्काको सम्पादन रहेको छ l

प्रेम समर्पण भावमा रहेको यस गीतमा प्रेमी-प्रेमिकाले एक-अर्काको परिपूरक भएर साथ रहने चाहना व्यक्त गरेका छन् l गीतमा शरीर र आत्मा झैं अभिन्न रहने भाव पोखिएको छ l यो समाचार लिखिरहँदा भिडिओले ५ लाखको नजिक भ्युज पाईसकेको छ l