‘सप्तरङ्गी प्रतिभाको खोजी’ को‌ पोखरा अडिशन सम्पन्न


गण्डकी प्रदेश सरकार सामाजिक मन्त्रालय सँगको सहकार्यमा सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठानद्वारा आयोजित सप्तरङ्गी प्रतिभाको खोजी-२०७७ एकल खुल्ला गायन‌ प्रतियोगिताको पहिलो चरणको‌ अन्तिम अडिसन पोखरामा सोमबार सम्पन्न भयो । अनौपचारिक रुपमा कार्यक्रम संयोजक नवराज वरालले निर्णय सम्बन्धमा र कार्यक्रमका सह संयोजक सुमन श्रापितले कार्यक्रमको‌ उपादेयताका सम्बन्धमा प्रतियोगीहरुलाई जानकारी गरे सँगै अडिसन सुरु भएको थियो ।

जन्मले वा कर्मले गण्डकी प्रदेश अन्तर्गतका बाग्लुङ, पर्वत, म्याग्दी, स्याङ्जा, नवलपुर, लमजुङ, तनहुँ, गोर्खा, कास्की गरी ४८ जना प्रतियोगीहरुले अडिसनमा भाग लिएका थिए । उक्त अडिसनबाट दिपेश गुरुङ कास्की, रोहन कुँवर कास्की, नारायण गुरुङ कास्की, सरिता राई कास्की, अमिस सुनार पर्बत, राम घर्तिमिरे म्याग्दी, सङ्गीता गायक कास्की, उपेश थापा कास्की, निर्मल बि.क. बाग्लुङ, योगेश गौतम स्याङ्जा, मनोज सेन्चुरी कास्की , सङ्गीता गुरुङ लमजुङ, बिजेश नेपाली कास्की, जीवन विश्वकर्मा बागलुङ, टिना गुरुङ कास्की, पारस नेपाली बाग्लुङ गरी उत्कृष्ट १६ जना दोस्रो चरणको प्रतियोगिताका लागि चयन गरिएको‌‌ कुरा उप समिति सदस्य एवम् सङ्गीतकर्मी सुनिल बरालले बताउनुभयो ‌।

अडिसनको निर्णायकमा सङ्गीतकार नवराज बराल, गीतकार सुमन श्रापित र गायिका लक्ष्मी गिरी रहनुभएको थियो । सेमीफाइनल अर्थात् दोस्रो चरणको अडिसन कार्यक्रम फाल्गुन २९ गते पोखरा स्थित कास्की न्यूरोड रोधी क्लबको‌ सभाहलमा हुने संस्थाका अध्यक्ष प्राज्ञ पद्मराज ढकालले जानकारी दिनुभयो ‌ । सेमिफाइनल अडिसनमा प्रतियोगीहरुले एक‌ लाइभ म्युजिक र अर्को म्युजिक ट्रयाकमा गरी दुई वटा गीतहरू गाउनु पर्ने कुरा संस्थाका महासचिव मनकुमार श्रेष्ठले जनाउनुभयो । आगामी चैत ७ गते पोखरा उधोग वाणिज्य सङ्घको‌ हलमा सप्तरङ्गी प्रतिभाको खोजी-२०७७, एकल खुल्ला गायन‌ प्रतियोगिताता र सामुहिक लोक नृत्य प्रतियोगिताको दुवैको एकै मन्चमा फाइनल राउण्ड हुने कुरा थाहा भएको छ ।