रुद्रसेनको ‘आबन बैठ भट्भटिया पऽ’ सार्वजनिक


नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा लोकप्रिय बनिसकेका गायक रुद्रसेन विश्वकर्माको मैथिली गीत आबन बैठ भट्भटिया पऽ को भिडिओ सार्वजनिक भएको छ । गीतमा गायक रुद्रसेनकै शब्द र सङ्गीत रहेको छ ।

भिडिओ नीर कुमारी विश्वकर्मा (सविना) को लगानीमा निर्माण भएको हो भने यो गीत सर्जक/कलाकार रुद्रसेनकै नेपाली-मैथिली एल्बम प्रीतके बन्धन मा दोस्रो नम्बरमा रहेको छ l भिडिओ प्रदीप कुमार रसाइलीको निर्देशनमा तयार भएको हो ।

भिडियोमा नवीन गिरीले छायाङ्कन गरेका छन् । यस म्युजिक भिडियोमा रुद्रसेन विश्वकर्मा, लजिना सुवेदी, लिजा कौसल, पूजा ठाकुर, माहि खान, रोजिना क्षेत्री र सबिका भट्टराईलाई फिचर्ड गरिएको छ ।

भिडियोको अन्तिममा निर्मात्री सविनालाई पनि दमदार भूमिकामा ईन्ट्री गराइएको छ । यो भिडियो गायक रूद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल Rudrasen Bishwakarma मार्फत सार्वजनिक गरिएको छ । तराइका चर्चित ६ जना मोडलहरुलाई एकैपटक भिडियोमा ल्याएका गायक रुद्रसेनका गीतहरु चर्चाको शिखरमा पुग्न सफल भएका छन् ।

लगातार एकपछि अर्को भिडियो नेपाली साङ्गीतिक क्षेत्रमा पस्कन सफल गायक विश्वकर्मा भर्सटायल गायकको रुपमा समेत परिचित छन् । दर्शकले उनको गीत खुबै रुचाउँछन् ।